प्रस्तावना
यो मस्जिद नीति नेपालको संविधानअनुसार तयार गरिएको हो, जसले धर्म स्वतन्त्रता, कानुनको शासन, समानता, र गरिमापूर्ण जीवनको अधिकार सुनिश्चित गर्दछ। यस नीतिको उद्देश्य मस्जिद तथा मुस्लिम समाजभित्रका सबै गतिविधि, निर्णयहरू संविधान, कानुन, र मानव अधिकारअनुसार हुने सुनिश्चित गर्नु हो।
धरा नम्बर: धराको नाम
५. मस्जिद समिति र धर्मगुरुको जिम्मेवारी
७. समानता र भाईचाराको प्रवर्द्धन
१. कानुनको सर्वोच्चता
a) मस्जिद वा मुस्लिम समाजका
कुनै पनि व्यक्तिले वा
समूहले नेपालको संविधान र कानुनको उल्लंघन
गर्ने अधिकार राख्दैन।
b) मस्जिद वा धर्मको नाममा
कुनै पनि व्यक्तिगत फाइदाको
लागि कानुन तोड्न पाइँदैन।
२. स्वेच्छिक योगदान (डोनेसन)
a) मस्जिदमा सञ्चालन, सहयोग वा कुनै पनि
धार्मिक कार्यका लागि दिने रकम
पूर्ण रूपमा स्वेच्छिक हुनुपर्छ।
b) कुनै मुस्लिमलाई जबर्जस्ती,
दबाब वा डर देखाई
डोनेसन दिन बाध्य बनाउन पाइँदैन। रकम नदिएको आधारमा
कुनै प्रकारको दण्ड वा बहिष्कार गर्न मिल्दैन।
३. बहिष्कार वा भेदभाव निषेध
a) कुनै मुस्लिम वा
मुस्लिम परिवारलाई डोनेसन नदिएको, कुनै कार्यक्रममा सहभागी
नभएको वा कुनै व्यक्तिगत
कारणले समाजबाट बहिष्कृत वा अपमानित गर्न पाइँदैन।
b) सामाजिक बहिष्कार, अपमान, वा दुर्व्यवहार अवैध
छ र त्यसविरुद्ध कानुनी
कारवाही हुनसक्छ।
c) सबै मुस्लिमलाई समान
रूपमा धर्म अभ्यास गर्ने,
मस्जिदमा जाने र समाजमा
सहभागी हुने अधिकार हुन्छ।
४. विवाह र सामुदायिक सहभागिता
a) विवाह एउटा व्यक्तिगत तथा
पारिवारिक निर्णय हो। गरीब मुस्लिम
परिवारले आफ्नो छोराछोरीको विवाह आफ्नो क्षमताअनुसार गर्न पाउँछ।
b) विवाहमा कुनै विशेष परिवारलाई निम्तो नदिएको कारण देखाएर सम्बन्धित
परिवारलाई समाजबाट बहिष्कार गर्न पाइँदैन।
c) यस्तो सामाजिक निर्णय अवैध, अनैतिक र नेपालको संविधानविपरीत
हुन्छ।
५. मस्जिद समिति र धर्मगुरुको जिम्मेवारी
a) मस्जिद समितिहरू र इमामहरूको कर्तव्य
हुन्छ कि समाजमा एकता,
न्याय र करुणा प्रवर्द्धन गरुन्।
b) उनीहरूले अन्यायपूर्ण निर्णयहरू, जबर्जस्ती डोनेसन वा बहिष्कारजस्ता गतिविधिहरूको
विरोध गर्नुपर्छ।
६. कानुनी परिणाम
a) कुनै व्यक्तिले वा
समूहले अवैध बहिष्कार, दबाब, वा धार्मिक शक्तिको दुरुपयोग गरेमा सम्बन्धित व्यक्ति वा समूहलाई नेपालको
कानुनअनुसार कारबाही गरिनेछ।
b) पीडित व्यक्तिले सरकारी निकाय, मानव अधिकार संस्था
वा अदालतबाट सुरक्षा र न्याय माग्न सक्ने अधिकार राख्छन्।
७. समानता र भाईचाराको प्रवर्द्धन
a) मस्जिद र मुस्लिम समाजले
सधैं भाईचारा, सहिष्णुता र मानवीय सम्मान कायम राख्नुपर्छ।
b) गरिबी वा सामाजिक हैसियतले
धर्मको नाममा भेदभाव, अपमान वा विभाजन गर्न कहिल्यै पनि
नपर्छ।
निष्कर्ष:
यो मस्जिद नीति यस कुरामा प्रतिबद्ध छ कि कुनै पनि व्यक्ति वा समूह कानुनभन्दा माथि छैन। धर्मलाई व्यक्तिगत स्वार्थ वा समाजमा विभाजन गर्न प्रयोग गर्न पाइँदैन। हरेक मुस्लिमको कर्तव्य हुन्छ कि उनीहरूले न्याय, समानता, र संविधानको मूल्यहरूलाई व्यवहारमा उतारून्।